‘कुल्ली नम्बर १’को फस्टलुक रिलिज



एजेन्सी : निर्देशक डेभिड धवनको सुपरहिट चलचित्र ‘कुल्ली नम्बर १’ को रिमेकमा नायक बरुण धवन र नायिका साराअली खानले मुख्य भूमिका निर्वाह गर्दैछन्। ९० को दशकमा हिट भएको यो चलचित्रमा बलिउड नायक गोविन्दा र नायिका करिश्मा कपुरको मुख्य भूमिका थियो।

गत साताबाट यो चलचित्रको छायांकन थाइल्याण्डमा सुरु भइसकेको छ। यस्तैमा निर्माणपक्षले चलचित्रको फस्टलुक सार्वजनिक गरेको छ। सार्वजनिक थिम पोस्टरमा बरुण र सारा फिचर छन्।

सार्वजनिक फस्टलुकमा बरुण र साराको रोमान्टिक अवतार पनि देख्न सकिन्छ। डेभिड धवनको यो ४५ औं चलचित्र हो। बरुणले आफ्नो पितासँग सहकार्य गरेको यो तेस्रो चलचित्र हो। बरुण र साराले भने पहिलो पटक एकसाथ काम गर्दैछन्।

‘पूजा इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण हुने यो चलचित्रमा वाशु भग्नानी, ज्याक्की भग्नानी र दिपशिखा देशमुखको लगानी रहने छ। यो चलचित्र सन् २०२० को मे मा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्