ट्रम्प प्रशासनले ल्यायो कडा नियम, अमेरिकाको भिसा र ग्रीन कार्ड लिन अब झनै गाह्रो



अमेरिकाको भिसा र ग्रीन कार्ड लिन अब अझै गाह्रो हुने भएको छ । अमेरिकाले आप्रवासीको भिसा अवधि बढाउने र ग्रीन कार्ड लिने प्रक्रियामा कडाइ गरेको छ ।

आप्रवासीका मामलामा सुरुदेखि नै कठोर बन्दै आएको ट्रम्प प्रशासन अझ कडा बनेको छ ।  ट्रम्प प्रशासनले नयाँ ग्रीन कार्ड लिने र अस्थायी प्रवेश अनुमतिका लागि आवेदन दिने आप्रवासीलाई कडाइ गर्ने निर्णय गरेको हो ।

ट्रम्प प्रशासनले नयाँ नियम घोषणा गर्दै ग्रीनकार्डका लागि फारम भरेकाहरुको आवेदन पनि अस्वीकार गरेको छ । भविष्यमा यसको आवश्यकता परेमा मात्रै आवेदनलाई अनुमति दिइने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको हित र देशको सुरक्षाका लागि आप्रवासीलाई कडाइ गरिएको बताए ।

ग्रीनकार्डका लागि आवेदन दिएका आप्रवासीहरुको आर्थिक अवस्था, शिक्षा, उमेर र अङ्ग्रेजी भाषाको ज्ञानका आधारमा निर्णय लिइने अमेरिकी नागरिकता तथा आप्रवासी सेवा विभागका कार्यवाहक निर्देशक केन कुच्चिनेलीले बताए ।  यो नियम आउँदो महिनाको अक्टोबर १५ ताखिरबाट लागू हुनेछ ।

यस नियमले यसअघि नै अमेरिकामा रहेका र शरणार्थी शिविरमा बसेका आप्रवासीलाईभन्दा नयाँ अमेरिकी भिसा र ग्रीन कार्ड लिने चाहेका हरुलाई असर गर्ने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्