फुटपाथमै सपिङ गर्छिन् सारा



सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खान आजबाट २४ वर्षमा प्रवेश गरेकी छिन् । उनी आफ्नो अभिनय, सौन्दर्य र खुलेर बोल्ने स्वभावका कारण चर्चामा आउँछिन् । चाहे कार्तिक आर्यनसँगको प्रेमसम्बन्ध होस् वा सौतेनी आमा करिना कपुरसँगको सम्बन्ध होस्, उनी मिडियासमक्ष खुलेर आफ्ना कुरा राख्छिन् । 

एक अन्तर्वार्तामा उनले आफूलाई घर, गाडी र महँगो कपडाको कुनै सौख नरहेको बताएकी थिइन् । उनले भनेकी छिन्, ‘म त फकिरजस्तै जीवन जिउन चाहन्छु । हजार रुपैयाँभन्दा बढीको सपिङ पनि गर्दिनँ ।’ मुम्बईका साना पसल र कहिलेकाहीँ फुटपाथमा समेत सपिङ गर्ने गरेको अनुभव सारासँग छ । तर, फकिरजस्तो देखिने सारा शाही परिवारकी हुन् ।

साराका हजुरबुबा तथा सैफका बाबु मन्सुर अली खान पतौडी तथा भोपालका अन्तिम नबाब हुन् । भारत सरकारले सन् १९७१ मा संविधान संशोधन गरेर राजा–रजौटाको औपचारिक अधिकार खोस्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्