उग्र पाकिस्तानको भारतलाई धम्की : तैनाथ ग-यो लडाकु विमान 



काठमाडौं : जम्मू–कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकारले हटाएसँगै पाकिस्तानको ज्यादती बढ्दै गएको छ । 

खबरका अनुसार पाकिस्तानले लद्दाखको नजिक स्कर्दू एयरवेस निर लडाकु विमान तैनाथ गरेको छ । 

पाकिस्तानको गतिविधिमाथि भारतले नजर राख्नुका साथै कुनै पनि किसिमको क्रियाकलाको कडा जवाफ दिन भारत तयार रहेको स्रोतले जनाएको छ । 

पाक  JF-17 फाइटर प्लेन तैनाथ

अंग्रेजी अखबार टाइम्स अफ इण्डियाका अनुसार पाकिस्तानले गत शनिबार तीन C-130 ट्रान्सपोर्ट एयरक्राफ्ट पठाएको थियो । यसको माध्यमबाट फाइटर एयरक्राफ्टको उपकरण लगाइएको छ । भनिएको छ कि पाकिस्तानले JF-17 फाइटर प्लेन यहाँ पठाउन सक्छ । स्कर्दू पाकिस्तानको एक फन्र्वर्ड अपरेटिङ्ग बेस हो । जहाँ बर्डरमा आर्मी अपरेशनको मदत गर्नका लागि प्रयोग गर्छन् । पाकिस्तानको वायुसेनाले यहाँ अभ्यास गर्ने योजना बनाइरहेको छ ।

पाकिस्तानलाई डर 

भनिन्छ पाकिस्तानी सेना कुनै खतरनाक योजना बनाइ रहेको छ । विशेष सूचनाका आधारमा पाकिस्तानी सेनाको यो योजनामा प्रधानमन्त्री इमरान खानले पनि सहयोग गरिरहेका छन् । 

अहिले पाकिस्तानमा जुन किसिमको हलचल देखिएको छ यसबाट के सावित हुन्छ भने कि त  पाकिस्तान युद्धको तयारीमा जुटेको छ या त भारतसँग डराएर आफ्नो बचाउको तयारी गरिरहेको छ ।  

पाकिस्ताको तीन बन्दरगाहहरुमा भारतविरुद्ध विशेष योजना भइरहेको स्रोतले जनाएको छ ।  जसका लागि पाकिस्तानका तीन प्रमुख नौसैनिकले बन्दरगाह–कराची, ओरमारा र ग्वादर पूरै खाली गराएका छन् । 

पाकिस्तानको धम्की

पाकिस्तानले लगातार भारतलाई धम्की दिइरहेको छ । पछिल्लो दुई दिनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतलाई धम्की दिँदै भनेका छन्, ‘पाकिस्तान भारतसँग युद्ध चाहँदैन । तर, यदी युद्ध भयो भने भारतलाई कडा जवाफ दिन्छौँ ।’

गत सोमबार जम्मू कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकार र पाकिस्तानबीच विवाद चुहिएको छ । 

यता पाकिस्तानले लाहौरबाट भारतको अटारीसम्म चल्ने सम्झौता एक्सप्रेस रेल बन्द गरेको छ । पाकिस्तानका रेलमन्त्री शेख रशिद अहमदले यो रेल सधैका लागि बन्द गर्ने निर्णय सुनाएका थिए । 

यसैगरी पाकिस्तानले आफ्नो चलचित्र घरहरुमा बलिउड चलचित्र नचलाउने घोषणा गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानका सूचना तथा प्रसारण मामलाका विशेष सल्लाहकार फिरदौस आशिक अवाजले पाकिस्तानको सिनेमा घरमा कुनै पनि भारतीय चलचित्र, नाटकलगायत भारतीय सामग्री पाकिस्तानमा पूर्णरुपमा प्रतिबन्ध गरिएका हुन् । 

पाकिस्तानले भारतसँग व्यापारिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको थियो । राजनीतिक सम्बन्ध सीमित बनाउने भन्दै भारतीय उच्चायुक्तलाई फिर्ता पठाउने र आफ्ना उच्चायुक्तलाई फिर्ता बोलाउने निर्णय लिएको छ ।

पाकिस्तानले आफ्नो हवाई क्षेत्रमा भारतीय विमानलाई प्रवेश नदिने निर्णय पनि लिएको छ । 

प्रतिक्रिया दिनुहोस्