‘मेरो बिहे जबरजस्ती नातेदारसँग गराइयो’



सानै उमेरमा मेरो विवाह मेरो नातेदारसँग हुने भनेर तय भइसकेको थियो । यस विषयलाई लिएर म निकै असहज महसुस गर्थेँ ।

स्कटल्याण्डमा बस्ने ३० वर्षिया नायलाले यो कुरा 'बीबीसी स्कटल्याण्ड' को 'द नाइन' कार्यक्रममा बताइन् ।   

उनी भन्छिन्- 'मलाई सानै देखि नै थाहा थियो कि एक नातेदारसँग मेरो विवाह तय भइसकेको छ । मेरा घरपरिवार यो कुरालाई लिएर चिन्तित हुन्थे कि कहिँ म पश्चिमा संस्कृतिमा त घुलमिल हुँदिन् । उनीहरुलाई लाग्थ्यो मलाई यो सब चिजबाट बचाइरहेका छन् ।' 

मिरपुरी मुस्लिम परिवारमा कडा रहनसहनका साथ ठूली भएकी नायला भन्छिन्, उनी आफ्नो विचारलाई खुला तरिकाले प्रकट गर्न चाहान्थिन् र फरक किसिमको जिन्दगी जिउन चाहान्थिन् । 

उनी भन्छिन्- 'उनीहरुले तिम्ले पाप गरेकी छ्यौ भन्न थाले, तिम्ले तिम्रो नातेदारसँग बिहे गर्नुपर्छ, तिम्ले आफ्नो परिवारको नाक कटाएकि छ्यौ । अब बिहे गरेर मात्र तिम्ले हाम्रो इज्जत बचाउन सक्छ्यौ ।' 

नेय्ला ख़ान

शुरुमा नायलाले यो सब गर्न मानिन् तर घरपरिवारले लगातार दबाब दिन थालेपछि अनन्त घरपरिवारको कुरा मान्न विवश भइन् ।

उनी भन्छिन्- 'म केबल उनीहरुलाई चुप लगाउन चाहान्थेँ । यसपछि मेरो हालत यस्तो थियो कि शरीरबाट प्राण निक्लिरहे जस्तो लाग्थ्यो । तन, मन र दिमाग शुन्य भइसकेको थियो, किनभने म विवश भएको थिएँ ।'

घर छोड्नु

पाकिस्तानमा पाँच हप्ता बिताएपपछि नायला आफ्ना पति बिना नै फेरि स्कटल्याण्ड फर्किन् । उनको पति भने केहि दिनपछि आउनेवाला थिए । 

तर केहि महिना पछि नायलाले आफ्नो घर छोडेर आफ्नी साथीसँग बस्न गइन् । 

उनी भन्छिन्- 'म आफ्ना सामानहरु लिएर भागेँ । एक वर्षसम्म घरबाहिर बसेँ । मैले घरबाट, परिवारबाट र समूदायबाट निकै गालि खाएँ ।' 

नायलालाई भनियो अब उनी आफ्ना भाई, बैनीलाई कहिले पनि भेट्न पाउने छैनिन् । उनी भन्छिन्, यो सब यस्तो थियो पुरै दुनियाँले भनिरहेको छ म बाट कसैले केहि चाहँदैन् । 

नेय्ला ख़ान

स्वतन्त्र मुसलमान महिला

एक बर्षपछि उनी आफ्नो घर फर्किन् । उनको परिवारले त उनलाई अपनायो तर समूदाय यो कुरालाई लिएर खुसी थिएन् । 

नायला भन्छिन्- 'यो मुस्किल थियो तर मैले गरेँ । मैले धर्मको अगाडि मायालाई चुने ।' 

यसपछि उनको डिभोर्स भयो र पढ्नका लागि अबेरदीन युनिभर्सिटी गइन् । उनी भन्छिन्- 'त्यस समयबाट म एक स्वतन्त्र मुसलमान महिला हुँ ।'

कोहि पनि व्यक्तिको जबरजस्ती बिहे गरिदिनु कानुन विपरीत हुन्छ । चाहे शारीरिक रुपले होस्, चाहे मानसिक रुपले होस्, चाहे आर्थिक रुपले होस् जबरजस्ती बिहे गराउनु कानुनी अपराध हो ।

ब्रिटेन सरकारले हालै जारी गरेको आकँडाका अनुसार अगिल्लो वर्ष जबरजस्ती बिहे गरिदिएकाहरुको संख्या १,७६४ थियो । 

ब्रिटेन सरकारले बनाएको युनिट भन्छ यस्ता घटनाहरुको बढ्दो संख्याले देखाउँछ, मानिसहरु यस्ता कुरालाई लिएर जागरुक छैनन् कि जबरजस्ती विवाह गरिदिनु कानुनी अपराध हो । 

नायला भन्छिन्- 'मलाई लाग्दैन् हामीले यसबारे केहि बलियो उपाय खोजेका छौँ । शिक्षा र जागरुकताले यसमा अहम भूमिका त निभाएको हुन्छ तर मलाई लाग्छ परिवारहरुले बुझ्नुपर्छ कि जबरजस्ती बिहे गराइदिनाले उनीहरु आफ्नो छोरीलाई कति पिडा दिइरहेका छन् ।' उनी अगाडी भन्छिन्- 'मलाई लाग्छ मानिसहरुले बुझ्नुपर्ने जरुरी छ जब कुनै पनि महिलालाई जबरजस्ती बिहे गर्नका लागि राजी गराइन्छ उनी मानसिक, शारीरिक र आध्यत्मिक रुपले एकदमै कमजोर हुन्छिन् ।'

प्रतिक्रिया दिनुहोस्