फुलह्यामलाई हराउँदै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा



काठमाडौं : फुलह्यामलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले फुलह्यामलाई २–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफको अन्तिममा मोहम्मद सलाहको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै जेराडन साकिरीले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

खेलमा लिभरपुलले केही राम्रा अवसर पाएको थियो तर, थप गोल भने गर्न सकेन ।

जितसँगै लिभरपुल केही समयका लागि भएपनि शीर्ष स्थानमा उक्लिएको छ । उसको १२ खेलबाट ३० अंक भएको छ ।

दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको २९ अंक छ । आजै राति हुने म्यानचेष्टर डर्बी जिते वा बराबरी खेलेमा सिटी फेरि शीर्ष स्थानमा उक्लनेछ ।

प्रतिक्रिया दिनुहोस्