भीभो एस वान नेपाली बजारमा



काठमाडौं : भिभो नेपालले नयाँ उत्पादन भिभो एस १ नेपाली बजारमा ल्याएको छ। कम्पनीको पहिलो एस सिरिजले ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरायुक्त फोन बजारमा ल्याएको हो।

भीभो एस १ स्मार्टफोन स्क्रीन टच आईडि, सूपर एमोलेड अल्ट्रा अल स्क्रीन, ३२ मेगापिक्सेल एआई सेल्फी क्यामरा, एआई ट्रिपल रियर क्यामरा र स्टायलिस डिजाइनजस्ता उत्कृष्ट विशेषताहरुसहित आउँछ। यो स्मार्टफोन डायमण्ड ब्ल्याक र स्काईलाईन ब्लू कलर्स अप्सनमा बजारमा उपलब्ध छ।

भीभो एस १ मा ६ जीबी र्याम र १२८ जीबीको आन्तरिक स्टोरज (रोम) रहेको छ जसले भिडियोहरु, गीत संगीतहरु र स्टोर गर्न तस्वीरहरु संग्रह गर्न अधिकतम स्थान उपलब्ध गराउँछ।

भीभो एस १ ले एन्ड्रोयड ९.० पाईमा आधारित पछिल्लो फनटच ओएस ९ अपरेटिंग सिस्टमका साथमा स्मार्ट बटन र एआई जोभी फीचर ल्याएको छ। भीभो एस १ आधिकारीकरुपमा नेपाली बजारमा ३४,६९० मा उपलब्ध छ। 

प्रतिक्रिया दिनुहोस्