पूर्व गृहराज्यमन्त्रीको गृहमन्त्रीलाई प्रश्न : निर्मलाको घटना तपाईँको घरमा भएको भए तपाईँको अभिव्यक्ति यही हुने थियो ?



काठमाडौँ : नेपाली काँग्रेसका सांसद तथा पूर्वगृहराज्य मन्त्री देवेन्द्र्र राज कँडेलले गृहमन्त्री रामबहादुर थापाले गत साउन सात गते दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद कँडेलले गृहमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवारपुण भएको आरोप लगाए ।

साथै उनले कञ्चनपुरकी निर्मलापन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई सिंहदरबारले संरक्षण गरेको शङ्का व्यक्त गरे । घटना छानबिनको क्रममा प्रहरी लेनै प्रमाण नष्ट गरी मानसिक विचलन भएका  दिलीपसिंह विष्टलाई अपराधी ठहर गर्ने प्रयास भएको भन्दै शङ्का व्यक्त गरे ।  

विगतमा श्रीपेजको भरमा घटना घट्ने गरेको स्मरण गराउँदै अहिले विना श्रीपेजका सिंहदरबारमा बसेका जनप्रतिनिधिबाट घटना संरक्षण भएको  आरोप लगाउँदै गृहमन्त्रीलाई प्रश्न गरे उनले भने ‘श्रावण ७ गते यही  २०७६मा गृहमन्त्री ज्युले सार्वजनिकरुपमा बोलेको  निर्मला पन्त जस्ता प्रकरण यो भन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहने छ ’ यदि गृहमन्त्रीको यही ठहर हो भने  के तपाईँ गृहमन्त्रीको घर परिवारमा चेलीबेटीमाथि निर्मला पन्त जस्तै  घटना भएको  भए तपाइको अभिव्यक्ति के यही हुने थियो ?सार्वजनिक रूपमा यस  अभिव्यक्तिलाई उहाँले फिर्ता लिनुपर्छ भन्ने मेरो माग छ ’ कँडेलले बोलेको विषयमा नेकपाकी सचेतक शान्ता चौधरीले जवाफ फर्काएकी छन्  ।

साथै उनले कँडेलले बोलेको विषय संसद्को रेकर्डबाट हटाउनुपर्नेमाग गरिन् । उनले भनिन् ‘माननीय ज्युले अघि जसरी बोल्नुभयो सिंहदरबारबाट घटाइएको घटना त्यस्तो पनि भन्न मिल्छ सभामुख महोदय । यहाँ बोल्ने नबोल्ने कुरा पनि बोल्न मिल्छ ? त्यत्तिको मान्छेले । रेकर्डबाट हटाउनुपर्छ सभामुख महोदय ’

त्यस लगतै  काँग्रेसका सांसद मीन बहादुर विश्वकर्माले  संसद्मा एक माननीयले बोलेको विषयमा अर्को माननीयले जवाफ दिएर जुवारी गर्न नमिल्ने भन्दै सभामुखको ध्यानाकर्षण गराए । यता सभामुख कृष्णबहादुर महराले नियम आपत्ति भनेर चौधरीले बोलेकोभन्दै साम्य बनाउन खोजेका थिए तर विश्वकर्माले चौधरीले नियम आपत्ति नभनी बोलेको बताएसँगै सभामुखले  आफ्नो ध्यानाकर्षण भएको र सोचेर जवाफ दिने बताए ।

कञ्चनपुर भीमदत्त नगरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कार पछि हत्या भएको थियो। घटना भएको एक वर्ष पुगे पनि हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन।

भिडियो पनि हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्