अन्तत : सन्दीपले पाए अमेरिकाको भिसा



काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको प्रवेशाज्ञा (भिसा) प्राप्त गरेका छन्।

मंगलबार बिहान भिसा दिन अस्विकार गरेको अमेरिकी दूतावासले सन्दीपलाई दिउँसो भिसा दिएको हो। भिसा पाएपछि सन्दीपले अमेरिकी दूतावास र आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएका छन्।

Finally all the issues has been sorted out. Thanks to @USEmbassyNepal for your kind cooperation. Big thanks to all the well wishers and concerned person for putting the valuable efforts. @USAmbNepal @PM_Nepal @PradeepgyawaliK @hello_sarkar @MofaNepal @CPL @BIMTridents

— Sandeep Lamichhane (@IamSandeep25) August 13, 2019

दूतावासले भिसा प्रक्रियाका लागि दोस्रो पटक बोलाएर सन्दीपलाई भिसा दिएको नेपाली राष्ट्रिय क्रिकेट टिमका टिम म्यानेजर रमन शिवाकोटीले जानकारी दिए।

‘बिहान भएको अन्तर्वार्तामा मिस कम्युनिकेसन भएको थियो। क्रिकेट नबुझेको मान्छेसँग अन्तर्वार्ता हुँदा उनले नपाएका हुन्। अहिले भिसा प्रक्रिया मिलिसकेको छ,’ शिवाकोटीले भने। शिवाकोटीले सन्दीप सेप्टेम्बर पहिलो साता वेस्ट इन्डिज जाने जानकारी गराए।

वेष्ट इण्डिजमा हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न जानका लागि सन्दीपले मंगलबार बिहान दूतावासमा भिसाको निवेदन दिएका थिए। तर, अमेरिकाले सन्दीपलाई भिसा दिन अस्विकार गरेको थियो।

भिसा नपाएपछि सन्दीपले सामाजिक संजाल ट्वीटरमा आफुले सन् २०१६ देखि थुप्रै विदेशी लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै अमेरिकाले भिसा नदिएकोमा आफु चकित भएको बताएका थिए।

सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म संचालन हुनेछ। यस सिजनको केहि खेल अमेरिकामा हुनेछ। सन्दीपले यस सिजन बार्बाडोस ट्रिडेन्टबाट सीपीएल खेल्ने छन्। गत सिजन सन्दीपले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए। 

प्रतिक्रिया दिनुहोस्