हिनिरहेकाे मानिसलाई निल्यो विद्युतीय भर्‍याङले (भिडियो सहित)



एजेन्सी : टर्कीको इस्तानबुलमा रहेको एक व्यस्त मेट्रो स्टेसनमा एकजना व्यक्तिलाई विद्युतीय भर्‍याङले निलिदिएको छ। च्यानल फाइभमा प्रसारित कार्यक्रम ईटन बाई यान एस्केलेटरमा उक्त घटनाको डरलाग्दो भिडियो देखाइएको छ। 

दिनदिनै प्रयोग गरिने यन्त्रहरू नियन्त्रणबाहिर गएपछि कसरी अव्यवस्था हुन्छ भन्ने कुरा वृत्तचित्रमा देखाइएको छ। इस्तानबुलमा यात्रुहरूले बन्द भएको एस्केलेटरलाई सामान्य भर्‍याङ जस्तै गरी चढिरहेको बेलामा अचानक त्यो चल्न थाल्छ।

एकजना व्यक्तिको गोडामुनि ठूलो प्वाल खुल्छ र त्यो व्यक्ति त्यसैभित्र पस्छ। उक्त व्यक्तिले रेलिङमा हात अड्याएर फुत्किने कोशिश गरेपनि ऊ भर्‍याङभित्र खसेर हराउँछ। त्यसको एक घन्टापछि उनलाई अस्पताल लगिन्छ।

उनलाई सामान्य चोटपटक लागेको हुन्छ। इस्तानबुल मेट्रोपोलिटन म्युनिसिपालिटीले नचलेको एस्केलेटरमा चेतावनीको संकेत राखेको भएपनि मानिसहरू त्यसमा चढेका थिए।

प्रतिक्रिया दिनुहोस्