तीव्र गतिको मोटरसाइकलबाट उछिट्टिँदा भित्तोमा बजारियो टाउको (भिडियो सहित)



एजेन्सी : भारतको केरलमा एक व्यक्ति गुडिरहेको मोटरसाइकलबाट उछिट्टिँदा टाउको बजारिएको छ। घटनाको भिडियोमा देखिन्छ– सुन्तला रंगको शर्ट लगाएका एक व्यक्ति रोकेर राखिएको बाइकमा बसिरहेका छन्। 

अचानक अर्को एक बाइक उनीपछाडि हुत्तिँदै आउँछ। उक्त बाइकका मानिसले जीन्स र शर्ट लगाएका छन् र उनको टाउको भित्तोमा बजारिन्छ। त्यसपछि उनी १८० डिग्री पल्टा खाएर भुइँमा लड्छन्। 

यति ठूलो दुर्घटना हुँदा पनि मोटरसाइकल चालकलाई केही भएन। घटना गत वर्षको अक्टोबर महिनामा भएको हो। उनी भुइँबाट जुरुक्क उठ्छन् र आफूलाई केही नभएको संकेत दिन्छन्। 

दुर्घटनाको भिडियो अन्लाइनमा पोस्ट गरिएको छ। हल्मेट लगाउनुको महत्त्व उजागर गर्नका लागि यो भिडियो उपयोग गर्ने गरिएको छ। सामाजिक सञ्जालमा केही मानिसले उक्त व्यक्ति भाग्यवश बाँचेको बताए । 

एकजनाले लेखे, ‘त्यो मान्छे मर्न सक्थ्यो तर हेल्मेट लगाएकाले जोगियो । हामीहरूले सडकमा बाइक चलाउँदा सुरक्षा कवचहरू लगाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्