इबोलाको उपचार सम्भव रहेको वैज्ञानिकको भनाई



एजेन्सी : इबोला रोगको लागि बनेको औषधी प्रभावकारी देखिएको वैज्ञानिकहरूले बताएका छन्। इबोला रोग चाँडै रोकथाम गर्न सकिने र उपचार योग्य हुने वैज्ञानिकहरूले बताएको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्।

डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा वैज्ञानिकले चार वटा औषधी इबोला रोग लागेका व्यक्तिमा परीक्षण गरेका थिए। उक्त औषधीले काम गरेको र त्यसले ९० प्रतिशतसम्म इबोला लागेका मानिसको जीवन बचाउन संभव देखिएको वैज्ञानिकहरूले बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्