सन्नीले पछि पारिन् मोदी, सलमान र शाहरूखलाई



एजेन्सी : सन्नी लियोनी गुगलमा सर्वाधिक खोजी गरिने व्यक्तिमा परेकी छन्। यस वर्ष भारतको अगस्टसम्मको आँकडामा उनी सर्वाधिक खोजी गरिने व्यक्तिमा परेकी हुन्। यस क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बलिउड अभिनेता सलमान खान तथा शाहरूख खानलाई उछिनेकी छन्।

 

गुगल ट्रेन्डस् विश्लेषकका अनुसार भारतीय इन्टरनेट प्रयोगकर्ताहरूले उनको भिडियोको बारेमा धेरै खोजी गरेका छन्। प्रयोगकर्ताहरूले सन्नीको वायोपिक 'करणजीत कौरः द अन्टोल्ड स्टोरी'लाई पनि खोजेका छन्। उनलाई भारतको पूर्वोत्तर राज्य मणिपुर तथा असममा धेरै खोजिएको छ।

आफू धेरै गुगुल गरिने अभिनेत्रीमा परेको जानकारी पाएकी सन्नीले यसको श्रेय आफ्ना प्रशंसकलाई दिएकी छन्। गत वर्ष पनि सन्नी सर्वाधिक खोजी गरिने व्यक्तिको पहिलो नम्बरमा परेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्