images

कलङ्की–चावहिल सडक विस्तारको काम सुरु

रासस | प्रकाशित: २०७६-४-२८ गते
कलङ्की–चावहिल सडक विस्तारको काम सुरु

काठमाडौं : कलङ्की–चावहिल सडक विस्तारको काम सुरु भएको छ। चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम सुरु भएको हो।

सडक विभाग, चक्रपथ सुधार योजनाले कलङ्कीदेखि महाराजगञ्ज हुँदै चावहिलसम्म सडकको अधिकार क्षेत्रभित्र पर्ने स्थान खाली गराउन लागेको बताइएको छ। सडकमा रहेका रूख, बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन लागिएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए।

उनका अनुसार कतिपय संरचना हटाउनका लागि विभिन्न निकायसँग सहकार्य हुनेछ। उनले भने, “ठेक्का गरेर भएका रूख कटाउनेलगायतका काम सुरु गरिएको छ।” चक्रपथको चौडाइ सडकको मध्य भागबाट ३१ मिटर रहेको छ। चिनियाँको प्रतिवेदन आएपछि नै सडकको चौडाइ कति कायम हुने भन्ने टुङ्गो लाग्ने इञ्जिनीयर शर्माले बताए। उनले भने, “अहिले हामीले चक्रपथको मापदण्डका आधारमा सडक खाली गराउन लागेका छौँ ।”

चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर–कलङ्की सडक सम्पन्न हुनासाथ दोस्रो खण्डको अध्ययन सुरु भएको हो। नेपाल सरकारलाई गत वर्ष नै चीन सरकारले निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरिसकेको छ। अध्ययन गरिरहेको चीन सरकारले नै सो सडकको समेत विस्तारको काम गर्नेछ। 

रासस

राष्ट्रिय समाचार समिति

images
images
images
सम्बन्धित समाचार

छानबिनमा परेका न्यायाधीश अधिकारीले दिए राजीनामा

छानबिनमा परेका न्यायाधीश अधिकारीले दिए राजीनामा

काठमाडौं : उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। न्यायाधीश अधिकारी..

एक लाख घुस लिएको आरोपमा चार प्रहरी जवान पक्राउ

एक लाख घुस लिएको आरोपमा चार प्रहरी जवान पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु एक लाख घुस लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी कार्..

दर्ता नभएका औषधी बिक्री गर्ने औषधी पसल तथा फार्मेसीलाई कारवाही गरिने

दर्ता नभएका औषधी बिक्री गर्ने औषधी पसल तथा फार्मेसीलाई कारवाही गरिने

काठमाडौं : औषधी व्यवस्था विभागले दर्ता नभएका औषधी बिक्री वितरण नगर्न औषधी बिक्रेताहरूलाई आग्रह गरेको छ। विभागल..

अजेयराज सुमार्गीको ‘हेलो नेपाल’को लाइसेन्स खारेज

अजेयराज सुमार्गीको ‘हेलो नेपाल’को लाइसेन्स खारेज

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको छ। यो दूर..

भाद्र १७ गतेसम्म कर नतिरे चलचित्र हलमाथि कारवाही हुने

भाद्र १७ गतेसम्म कर नतिरे चलचित्र हलमाथि कारवाही हुने

काठमाडौं : काठमाडौं महानगरपालिकाको राजस्व विभागले भदौ १७ गतेसम्म चलचित्र हलहरूले कर नतिरे नियमानुसार कारबाही ह..

विमानस्थलमा पारसको दुर्व्यवहार : प्रहरीले थाल्यो आन्तरिक छानविन

विमानस्थलमा पारसको दुर्व्यवहार : प्रहरीले थाल्यो आन्तरिक छानविन

काठमाडौं : पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी कक्षको सुरक्षार्थ खटिएका प्रहरील..