बालुवाटरमा प्रहरी र आरक्षण बचाऔं आन्दोलनकारीबीच झडप



काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा विरोध प्रदर्शन गर्न पुगेका आरक्षण बचाउ आन्दोलन पक्ष र प्रहरीबीच झडप भएको छ ।  

प्रदर्शनका दुई पक्षबीच झडप हुँदा केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । 

Image may contain: 10 people, crowd and outdoor

आरक्षण बचाउ आन्दोलनको पूर्वघोषित कार्यक्रम अनुसार आज (मंगलबार) प्रधानमन्त्रि निवास बालुवाटारमा विरोध प्रदर्शन गरेको हो । 

Image may contain: 11 people, outdoor

आयोगले गत जेठ १५ गते निकालेको विज्ञापन संविधानको समावेशी सिद्धान्त विपरीत भएको भन्दै उनीहरुले बालुवाटार अगाडि सडकमै बसेर प्रदर्शन गरेका हुन् ।

Image may contain: 3 people, outdoor

लोकसेवा खारेजीको माग गर्दै आइरहेका छन् । उनीहरुले यसअघि लोकसेवा आयोगको कार्यालय, भद्रकाली, नयाँ बानेश्वरलगायतका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दै आएका छन् । 

गत जेठ १५ निकालेको विज्ञापन खारेज गरी नयाँ विज्ञापन जारी गर्न उनीहरुको माग छ । 

Image may contain: 3 people, crowd and outdoor

प्रतिक्रिया दिनुहोस्