वडा सदस्यका छोरा १ लाख ६० हजार घुससहित पक्राउ



जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सदस्यका  छोरालाई १ लाख ६० हजार घूससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका ८ का सदस्य कारी साहका छोरा मुकेश रहेको छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले वडा सदस्य साहका छोरालाई मंगलबार जनकपुरधाम उपमहानगरपालिका ९ पिडारी चोकस्थित राष्ट्रिय बाणिज्य बैंक अगाडिबाट पक्राउ गरेको हो। सडक ढलान गरेको उपभोक्ता समितिका पदाधिकारीको बिल पास गरिदिने नाममा वडाध्यक्ष रफिक आलम र सदस्य कारीले घुस मागेका थिए।

पक्राउ परेका मुकेशमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्