विद्या बालनलले भनिन् : ‘म हरेक रात रुँदै सुत्दथें’



एजेन्सी : अभिनेत्री विद्या बालनले एउटा अन्तर्वार्ताको क्रममा आफूले विगतमा गरेको संघर्षका प्रसंगहरु उठाएकी छिन्। त्यसक्रममा उनले आज आफू सफल अभिनेत्रीको रुपमा स्थापित भए पनि कुनै बेला उनले निकै संघर्ष गर्नु परेको कुरा बताइन्।

मुम्बईबाट प्रकाशित हुने एउटा पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा विद्या बालले भनेकी छिन ‘कुनै बेला त्यस्तो पनि थियो, जति बेला म हरेक रात रुँदै सुत्दथें।’ आफ्नो संघर्षको दिनहरु सम्झदै उनले भनेकी छिन ‘दक्षिण भारतको फिल्म उद्योगमा मैले लगातार तीन वर्षसम्म रिजेक्सनको सामना गर्नु परेको थियो।

त्यो बेला म राती राती रुन बाहेक अरु केही गर्न सक्दिन थिएँ। तर भोलिपल्ट बिहान पुनः संघर्षका लागि तयार भैसकेकी हुन्थें। बिहान आफ्नै खुट्टामा उभिएर, अनुहारमा मुस्कान तथा एउटा ठूलो आशासहित म पुनः कामको खोजिमा निस्किन्थें।’ लामो संघर्षपछि उनले फिल्म परिणीता पाएकी थिइन्। आजको दिनमा उनी भारतीय फिल्म उद्योगकी एक लोकप्रिय तथा सफल अभिनेत्रीको रुपमा चिनिन्छिन्।

ठूलै संघर्ष र कडा मेहनतपछि मात्र बलिउडमा एउटा ठूलो नाम बनाउन सफल भएकी हुन्। अहिले प्रदर्शनको तयारीमा रहेको नयाँ फिल्म ‘मिशन मंगल’मा पनि उनि देखिंदैछिन। त्यसो त विद्या बालनको जीवनमा एक समय त्यस्तो पनि आएको थियो जब उनलाई लगातार आठ वटा बायोपिकबाट प्रस्ताव आएका थिए। तर उनले ती मध्ये एमएस सुब्बूलक्ष्मीबाहेक अन्य कुनै पनि बायोपिकमा काम गरिनन्।

त्यस प्रसंगमा गरिएको जिज्ञासामा विद्याको भनाइ छ ‘कुनै पनि व्यक्तित्वमाथि फिल्म बन्नु मात्र सबै कुरा होइन। उनीहरुका बारेमा भन्नका लागि केही कथा पनि हुनु पर्छ।’ विद्यालाई मीना कुमारीको बायोपिकमा काम गर्न मन थियो तर आजसम्म उनीसमक्ष कसैले पनि यसका लागि प्रस्ताव लिएर आएका छैनन्।

आज पनि उनी उक्त फिल्ममा काम गर्न इच्छुक छिन्। फिल्म मिशन मंगल भारतद्वारा सफलताभन्दा पहिलाको प्रयासमा मंगल ग्रहमा पठाइएको मंगलयानको कथा प्रस्तुत गरिएको छ। यो फिल्म यही शुक्रवार प्रदर्शन हुँदैछ। उनी मिशन मंगल फिल्ममा अक्षय कुमार, सोनाक्षी सिन्हा, तापसी पन्नू तथा कीर्ति कुल्हरीसंगै देखिने छिन्।

 

प्रतिक्रिया दिनुहोस्