आलिया र रणबीरकाे बिहेको बारेमा आलियाकाे सौतेनी दाइले यसाेभने…



एजेन्सी : आलिया भट्टका सौतेनी दाइ राहुल भट्टले रणबीर कपुरसँग उनको विवाहको खबरबारे मुख खोलेका छन्। बलिउड फिल्ममा ठूल्ठूला कलाकारलाई फिटनेसको तालिम दिने राहुल भट्टले निकै अचम्मित गरिदिने खुलासा गरेका छन्।

राहुलले यदि उनलाई बोलाएको खण्डमा आफू पक्कै पनि विवाहमा जाने तर आलिया र उनको जीवनमा कुनै लेनदेन नभएको बताएका छन्। महेश भट्ट र किरण भट्टका छोरा राहुल भट्ट आलियाका सौतेनी दाइ हुन्।

राहुलले भने, ‘उनी मेरो सौतेनी बहिनी हुन्। म उनीसँग बस्दिनँ। मलाई उनको जीवनबारे खासै केही थाहा छैन। यद्यपि, म यो जोडी (रणबीर–आलिया) लाई मनपराउँछु। यदि उनले मलाई विवाहमा बोलाउँछिन् भने निश्चित रुपमा म जानेछु।’ राहुल भट्टको यो बयानबाट स्पष्ट हुन्छ कि महेश भट्ट र सोनी राजदानको परिवारसँग उनकी जेठी श्रीमती किरण भट्टका छोरासँग खासै झुकाव छैन।

दंगलमा आमिर खानको बडीको पछाडि राहुलको हात :

राहुल भट्ट एक व्यावसायिक फिटनेस ट्रेनर हुन्। उनले बलिउडका विभिन्न हस्तीको बडी बनाएका छन्। यहाँसम्म कि अहिलेसम्म बलिउडको सबैभन्दा ठूलो शारीरिक परिवर्तन गर्ने आमिर खानले आफ्नो फिल्म ‘दंगल’ को बडी बनाउने बेला राहुल भट्टको मद्दत लिएका थिए। जबकी अजुर्न कपुरले आफ्नो तौल कम गर्न र सुगठित बनाउन राहुल भट्टको मद्दत लिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्