माछाको जालले लियो शिक्षकसहित दुई जनाको ज्यान



स्याङ्जा : स्याङ्जाको ज्याग्दीखोलामा माछालाई थापेको जालमा बेरिएर २ जनाको मृत्यु भएको छ। चापाकोट नगरपालिका वडा नम्वर ५ स्थित ज्याग्दीखोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय बीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको मृत्यु भएको हो।

बिरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा नीर बहादुर पनि सोही जालमा बेरिन पुगेको प्रहरीले जनाएको छ। मृतकहरुको शवलाई पोष्टमार्टमका लागि वालिङ ल्याईएको प्रहरीले जनाएको छ। स्थानीय राममन्दिर माविमा कार्यरत निरबहादुर राना शिक्षक समेत हुन्। 

प्रतिक्रिया दिनुहोस्