छठका लागि आवश्यक सामाग्रीको बिक्री बढ्यो, केरा महँगो हुँदा उपभोक्ता मारमा



जनकपुरधाम : तराई मधेशमा छठका लागि आवश्यक पर्ने सामाग्रीको बिक्री बढेको छ । सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्वमा केरा, उखु, नरिवल लगायतका फलफूल, बासद्वारा निर्मित नाङ्लो, ढकी, चंगेरी आवश्यक पर्छ । 

त्यसै गरी, माटोबाट निर्मित पाला, घैला लगायत सामग्री र महिलाले लगाउने वस्त्र, गरगहना लगायतको पनि कारोबार बढेको छ । 

छठ पर्वमा अर्घका रुपमा ठेकुवा र भुसुवा रहेपनि फलफूलको रुपमा केरालाई नै मुख्य मानिन्छ । सोही कारण अहिले जनकपुर सहित तराई मधेश क्षेत्रमा केराको विक्री ह्वात्तै बढेको छ ।

 

व्यापारीका अनुसार यो पर्वमा धनुषा जिल्लामा मात्रै एक करोड रुपैयाँ बढीको केराको कारोबार हुन्छ । तराई मधेशका जिल्लाहरूमा केरा खेतीको कमी भएकोले भारतको हांजीपुर र पटना लगायतको स्थान वाट भारी मात्रामा केरा आयात हुँदै आएको व्यापरिहरुले बताएका छन् । 

अन्य समय भन्दा केराको मूल्यमा वृद्धि भएपछि उपभोक्ता भने मारमा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्