जिन्स पाइन्ट सम्हाल्न नसक्दा ट्रोलको शिकार बनिन् शिल्पा



एजेन्सी : बलिउड अभिनेत्री शिल्पा शेट्टीको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनी सोही तस्वीरका कारण यतिबेला ट्रोलको शिकार समेत भएकी छिन्।

सार्वजनिक तस्वीरमा उनी एक हातमा छाता र अर्को हातले आफ्नो जिन्स पाइन्ट समाउँदै निकै असहज देखिएकी छिन्। बेला- बेलामा चर्चामा आउने उनी अहिले कम्मरको साइजभन्दा ठूलो जिन्स पाइन्ट लगाउँदा चर्चासँगै र ट्रोलको शिकार बनेकी हुन्।

उनले लगाएको त्यो पहिरनमा फ्यानले मजाक उडाएका छन्। कम्मरभन्दा ठूलो जिन्स पाइन्ट उनलाई सम्हाल्न निकै हम्मे हम्मे परेको छ। चलचित्र बाजीगरबाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री शिल्पा बलिउडकी चर्चित र दर्शकको मन जित्न सफल अभिनेत्री हुन्।

प्रतिक्रिया दिनुहोस्