नेपालको आर्थिक वृद्धिदर ७.०५ प्रतिशत



काठमाडौं : आर्थिक वर्ष २०७५/७६ मा ७ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको छ। अर्थ मन्त्रालयले गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७ दशमलव ०५ प्रतिशत रहेको प्रतिवेदन मंगलबार सार्वजनिक गरेको हो।

अघिल्लो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ९ प्रतिशत कायम भएको थियो। नेपालले एक वर्ष अवधिमा १४ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएकोमा ९७ अर्ब ११ करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको पाइएको छ।

जसअनुसार नेपालको व्यापारघाटा १३ खर्ब २१ अर्ब ४३ करोड रुपैयाँ बराबरको देखिएको छ। एक वर्षमा नेपालको राजस्व संकलन ८ खर्ब ५९ अर्ब भएको देखाएको छ। त्यस्तै बजेट खर्चमा पनि चालू खर्च ९१ प्रतिशत, पुँजीगत खर्च ८७ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ९२ प्रतिशत खर्च भएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्