सांसद यादवले भने, ‘यात्रुहरु काठमाडौं आइपुगेपछि उत्सव मनाउनु पर्ने अवस्था छ’



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामेश्वर राय यादवले सडक निर्माण गर्दा खेरी दूर्गामी सोच राख्नुपर्ने बताएका छन् ।  

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद यादवले 'राम भरोसे हिन्दु होटल'लाई चरिर्थात गरिएको उखान भन्दै संवैधानिक अधिकार जनताले उपयोग गर्न पाउने नि नपाउने भन्दै प्रश्न समेत गरे । 

राज्यको उपस्थिति छ कि झैन भन्ने अन्योलको वातावरण बन्दै गएकोबारे सभामुखलाई जानकारी गराउदै सांसद यादवले उपत्यका बाहिरबाट आउने यात्रुहरु काठमाडौं आइपुगेपछि उत्सव मनाउने पर्ने अवस्था आएको छ । 

‘काठमाडौं बाहिरबाट आउने यात्रुहरु काठमाडौं आएसकेपछि यहाँ उत्सव मनाउनु पर्ने हुन्छ’ उनले भने, ‘लै सकुशल पुगेछ ।’

वरिष्ठ अधिवक्ता अरबिन्द कुमार सिंहलगाएत दर्जनै यात्रु अझै वेपत्ता रहेको जानकारी गराउँदै भन्दै उनले भने, ‘सरकारले यस्तो सडकको निर्माण गर्दा दुर्गामी सोचको राख्ने कि नराख्ने । त्रिशुलीमा मै अहिलेसम्म १ सय ४४ वटा दुर्घटना भएको छ । यो दुर्घटना त हैन । यो बाटोको त्रुटि पूर्ण निर्माणले भएको हो ।’

आर्थिक वर्ष २०७५/०७६मा २ हजार ७ सय ९९ मानिसको सडक दुर्घटनामा मृत्यु भएको छ । त्यस्तै २०७४/७५ मा २ हजार ३ सय १८ व्यक्तिको मृत्यु भएको जानकारी गराउँदै उनले अहिलेसम्म धादिङ क्षेत्रमा मात्रै ७ हजार ४ सय ९१ जनाको मृत्यु भएको । 

सडक बनाउँदा नदि किनाराको साटो सुरुङ मार्गबाट बनाउँदा उपयुक्त हुने सांसद यादवको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्