साराको जन्मदिन सेलिव्रेशन गर्न थाइल्याण्ड पुगे कार्तिक



एजेन्सी : बलिउडमा नायक कार्तिक आर्यन र नायिका साराअली खानको प्रेम चर्चा सुरु हुन थालेको छ। केही समयदेखि यी दुइले जुन तरिकाले एक अर्काका लागि समय दिइरहेका छन्, यसले पनि उनीहरुको प्रेम चर्चा सुरु भएको हो। तर, सारा र कार्तिक एक अर्कालाई नजिकको साथी मान्छन्।

चलचित्र ‘लभ आजकल २’मा एकसाथ काम गरेपछि सारा र कार्तिक नजिक भएका थिए। कार्तिक लखनउमा चलचित्र ‘पती पत्नी और ओ’ नामक चलचित्रको छायांकनमा रहँदा सारा उनलाई भेट्न पुगेकी थिइन्। आफ्ना नजिकका साथीलाई खुबै मिस गरेपछि सारा लखनउ नै पुगिन्।

सारा यतिबेला चलचित्र ‘कुल्ली नम्बर १’को छायांकनका क्रममा थाइल्याण्डमा छिन्। थाइल्याण्डमा रहेकी साराको जन्मदिन सेलिव्रशन गर्न कार्तिक बैंकक पुगेका छन्। उनले, सामाजिक संजालको माध्यमबाट साराको जन्मदिन धुमधामले बनाएको उल्लेख पनि गरेका छन्।

कार्तिक र सारा एक अर्कालाई खुबै मिस गर्छन्। तर, कतिपयले यो सम्बन्ध यी दुइले एकसाथ काम गरेको चलचित्रको रिलिजसम्म हो भनेर पनि चर्चा गरेका छन्। तर, कार्तिक र साराको यो खालको निकटताले उनीहरुको सम्बन्ध साथी भन्दा माथि पुगेको पुष्टी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्