प्रसौनी गाउँपालिकाका प्रमुख १ महिनादेखि कार्यालय सम्पर्क विहीन 



वीरगन्ज : बाराको प्रसौनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत रंजित कुमार यादव एक महिनादेखि कार्यालय सम्पर्क विहिन बनेका छन् । अधिकृत यादव कार्यालयमा अनुउपस्थित हुँदा त्यहाँको सम्पूर्ण कामकाज प्रभावित भएको छ । 

गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्तासँग कुनै सम्पर्क नै नगरी प्रमुख यादव वेपत्ता भएका हुन् । कार्यालयमा नियमित एकहप्ताभन्दा बढी अनुउपस्थित हुने अवस्थामा निमित्त कार्याकारी तोक्नु पर्ने प्रावधान रहेता पनि निमित्त समेत तोकेका छैनन् । 

कार्यालय प्रमुख यादव नहुँदा दिनँहु सयौ सेवाग्राही काम नै नगराई फर्कने गरेका छन् । समाजिक सुरक्षा भत्ता वितरण समेत प्रभावित भएको छ । गाउँपालिकाबाट हुने विभिन्न सिफारिस, नयाँ योजनाको बारे निति तथा कार्यक्रम सञ्चालन हुन सकेको छैन त्यसैगरी आर्थिक कारोबार, विरामीहरुको उपचार्थमा सहयोगलगायतको अति आवश्यक कामकाज समेत प्रभावित भएको छ ।  

असार ३१ गतेदेखि कार्यालयमा लगातार अनुउपस्थित नभएपछि बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले गाउँपालिकाको अध्यक्ष गुप्तासँग समन्वय गरेर गाउँपालिकाकै अधिकृत सुरेश साह कानुलाई प्रशासनिक कामकाजको लागि भदौ १ गतेदेखि निमित्त तोकेको छ । 

प्रमुख प्रशासकिय अधिकृतको अनुउपस्थितको हाजिरी प्रमाणित गरी गाउँपालिका अध्यक्ष गुप्ताले संघीय मामिला तथा प्रशासन मन्त्रालयमा पठाएको जानकारी समेत बताए । मन्त्रालयले पनि प्रमुख प्रशासकिय यादवलाई न त कहि सरुवा नै गरेको छ न त अरुलाई पनि प्रसौनी गाउँपालिकामा पठाएको छ । 

केहि दिन पहिला प्रसौनी गाउँपालिकामा घुस लिएको आरोपमा एकजना पक्राउ समेत परेका थिए । पक्राउ परेको दिन देखिनै गाउँपालिकाको कामकाज थप प्रभावित हुँदै आएको छ । स्रोतका अनुसार गाउँपालिकामा गत आर्थिक वर्ष २०७५/०७६ मा भएको विकास निर्माणको कामका अनुमानित ३ करोड रुपैयाँ निकासा गर्न बाँकी समेत रहेको छ । 

भुक्तानीको रकम निकासा गर्नको लागि गाउँपालिकाकाले चेक तयार गरेपनि प्रमुख यादवको हस्ताक्षर विना निकासा हुन सकेको छैन । स्रोतका अनुसार प्रमुख यादवले ठेकेदारहरु सँग ३० प्रतिशत कमिसन माग गर्दा कमिशन नदिएपछि भुक्तानीको रकम निकास नै नगरी एक महिनादेखि सम्पर्क विहिन भएका हुन् । 

प्रमुख प्रशासकिय अधिकृत यादव काठमाडौंमा बस्दै आएको कार्यालयको एकजना कर्मचारीले नाम नछाप्ने सर्तमा बताए । काठमाडौंमा बसेर प्रमुख यादवले नियम कानुनलाई लत्याउँदै गत आर्थिक वर्षमा गर्नुपर्ने भुक्तानीमध्ये आफनो मनोमानी ढंगले दिने÷नदिने गर्ने गरेका छन् । 

योजना सम्बन्धी निकास भएको रकमको कार्यालयकै एकजना स्वास्थ्य कर्मचारीसँग चेक काठमाडौं मगाएर कमिशनको कुरा मिलेपछि चेकमा हस्ताक्षर गर्ने गरेका छन् यदी कसैसँग कमिशनको कुरा मिलेको छैन भने, त्यसको चेकमा हस्ताक्षर नै नगरी उल्टै हप्काएर फर्काउने गरेको बुझिएको छ । 

कार्यालय प्रमुख यादवले विगत लामो समयदेखि कार्यालय आफनो मनोमानी ढंगले सञ्चालन गर्दै आएका छन् । संघीय सरकार र प्रदेश सरकारले भौतिक पूर्वाधार विकासको लागि गत आर्थिक वर्षमा छुट्याएको रकमको हिसाब समेत समयमा नदिएपछि करोडौ रुपैयाँ फ्रिज समेत भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्