काठमाडौं : नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ। मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले मंगलबार ४६ खेलाडीबाट पहिलो चरणमा ३० खेलाडी छनोट गरेका हुन्।
केही दिनअघिदेखि तयारी थालेको नेपाली यू–१८ टिमले गत शुक्रबार यू–१६ टिमसँग मैत्रीपूर्ण खेल खेलेको थियो। मुख्य प्रशिक्षक श्रेष्ठले सेप्टेम्बर पहिलो साता फाइनल टीम छनोट गर्ने बताएका छन्।
२० देखि २९ सेप्टेम्बरसम्म हलचोकस्थित एपीएफ मैदानमा हुने खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ। यो समूहमा नेपालसँगै भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन्।त्यस्तै, समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र भारत रहेका छन्।
नेपाली टिम :
गोलरक्षक : विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी, पुजन होना
डिफेन्डर : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, विश्रान्त बस्नेत, एरिक लिम्बु, एन्जल महर्जन
मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, रेजिन माझि, जया गुरुङ, मनिष थापा, कुशस पौडेल, नितिन थापा
स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डांगी