थाइल्याण्डमा रमाउँदै बेनिशा



एजेन्सी : नायिका बेनिशा हमाल पछिल्लो समयमा चलचित्र भन्दा घुमघाममा बढी व्यस्त छिन्। उनले केही चलचित्रमा काम गर्ने चर्चा भएपनि ती चलचित्रको छायांकन सुरु नहुँदा उनलाई समस्या परेको छ।

यो बर्ष मात्र आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘उत्कृष्ट नायिका’को पुरस्कार जितेपछि बेनिशाको चर्चा भयो। तर, बेनिशाले यो चर्चालाई आफ्ना लागि प्रयोग गर्न सक्छिन् या सक्दिनन् भन्ने पनि विश्लेषण भैरहेको छ। उनै, बेनिशा थाइल्याण्डमा रमाएका तस्वीरले उनको सामाजिक संजाल गर्माएको छ।

अहिले नेपाली चलचित्रका कलाकार होलिडे टुरका लागि विदेश पुग्ने गरेका छन्। बेनिशा पनि थाइल्याण्डमा रमाएकी छिन्। थाइल्याण्डमा रमाउँदा उनले कहिले कालो विकिनीमा अनुहार छोप्दै गरेको तस्वीर सार्वजनिक गरिन् त कहिले स्विमिङ पूलमा रमाउँदै गरेको तस्वीर सार्वजनिक गरिन ।

प्रतिक्रिया दिनुहोस्