गठबन्धनले देशलाई सङ्कटबाट बचाएको नेपालको दाबी



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनले देशलाई सङ्कटबाट बचाएको दाबी गरेका छन । उनले गठबन्धनले संविधान जोगाउनुका साथै देशमा देखिएको अस्थिरतालाई कम गरेको बताए ।

समाजवादी प्रेस सङ्गठनले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष नेपालले गठबन्धन चुनावमा जाँदा पार्टीलाई भएको फाइदा बताउँदै आगामी चुनावसम्म गठबन्धन कायमै रहने बताए ।

अघिल्लो चुनावमा भएका कमजोरीहरूलाई सच्याउँदै पाँच दलीय गठबन्धन कायम रहनुपर्नेमा उनको जोड थियो। यद्यपि उनले चुनावमा गठबन्धनको मात्रै भर नपर्ने बताए ।

राजनीतिमा विश्वासले पनि सम्बन्ध कायम राख्ने बताउँदै विगतमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग गरिएका कतिपय सम्झौताले पनि यसको आधार तय गरेको उनले बताए ।

उनले भने, ‘२०६३ सालमा मैले गिरिजाप्रसादलाई प्रधानमन्त्री बनाए र २०६६ मा उनले मलाई प्रधानमन्त्री बनाए ।’

उनले तत्कालीन नेकपा ब्यूँझाउन सकिन्छ कि भनेर सचिवालयका ९ जनामध्ये ५ जनाको बैठक बसेर छलफल गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्