उकालो तिर कोरोना, १०२ जनामा सङ्क्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

२ हजार ६१५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ७२ तथा एन्टिजेन विधिबाट ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ६७ हजार ६५६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६०५ पुगेको छ । यस्तै, थप ४३ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्