सांसद यादवले अचानक दिए राजीनामा, सट्टामा कसलाई बनाइँदैछ सा‌ंसद ?



काठमाडौं : समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सांसद बनेका डा. सूर्यनारायण यादवले अचानक राजीनामा दिएका छन् ।

पेशाले मेडिकल डाक्टर उनी पछिल्लो समय संसद बैठकमा समेत अनुपस्थित रहँदैआएका थिए । व्यक्तिगत कारणले नै राजीनामा दिए पनि पार्टी स्रोतका अनुसार उनी पार्टीका नेताहरुसँग रुष्ट बन्दैआएका थिए ।

सप्तरी–१ बाट चुनाव जितेका उनी पार्टीभित्रै पनि भूमिका नपाएको विषयमा नेताहरुसँग पनि मतभेद् राख्दैआएको पार्टी स्रोतको भनाइ छ । डा. यादवले राजीनामा दिने शंकेत मिलेपछि नै केही दिनयता उनको स्थानमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे पार्टीका नेताहरुले छलफल चलाउन थालिसकेका छन् ।

केही नेताले पार्टी नेतृत्वसँग ‘लबी’ गर्न थालिसकेको पनि स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्