न्यूयोर्कमा पाकिस्तानी प्रतिनिधि लोधीलाई पाकिस्तानीले नै चोर भनेपछि….



न्यूयोर्क : संयुक्त राष्ट्रका लागि पाकिस्तानको स्थायी प्रतिनिधि मलीहा लोधी एक घटनाका कारण बाहिरिनु परेको छ । एक जना व्यक्तिले उनलाई चोरको आरोप लगाएका छन् । उक्त व्यक्तिले लोधीलाई भ्रष्टाचार गरेको आरोप लगाउँदै भने, ‘तपाई चोर हुनुहुन्छ र पाकिस्तानको प्रतिनिधित्व गर्न योग्य हुनुहुन्न ।’

संयुक्त राष्ट्र सघंको एक कार्यक्रमका लोधिले पाकिस्तानको राष्ट्रियताका बारेका बोल्ने क्रममा विभिन्न प्रश्नहरु उठेको एक भिडियोमा लेखिएको छ । 

ती व्यक्तिले आफ्नो प्रश्नको उत्तर दिन एक मिनेट समय मागे र उत्तर आउन नपाउँदै प्रश्न गरे, ‘गएको १५ देखि २० वर्षसम्म तपाईले के गरिरहनुभएको छ ? तपाई हाम्रो प्रतिनिधित्व गर्दै हु्नुहुन्न ।’

लोधीले उनलाई रोक्न भनिन् तर ती व्यक्तिले जवाफ थियो, यो कानुन विपरीत छैन, किनकी उनी पाकिस्तानी हुन् । 

लोधिले भनिन् म प्रश्नहरूको उत्तर दिन चाहन्न ।

लोधि जब उक्त समारोहबाट बाहिरीन थालिन, प्रश्नकर्ताहरुले उनलाई भनिरहे, तपाईहरू हाम्रो पैसा चोर्दै हुनुहुन्छ, तपाई चोर हुनुहुन्छ र तपाई पाकिस्तानको प्रतिनिधित्व गर्न योग्य हुनुहुन्न ।

उक्त व्यक्तिले उनलाई पछ्याउन खोजे, तर घटनास्थलमा उपस्थित मानिसहरूले उसलाई शान्त पार्ने कोशिस गरे ।

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बिहीबार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने

काठमाडौं : नेपालकी महिला पौडी खेलाडी गौरिका सिंहले ५६ लाख पाउने भएकी छिन् । बुधबार

काठमाडौं : कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरी नेपाली नागरिक प्रयोग गरेर विदेशी गिरोहले पाँच

कञ्चनपुर : जङ्गलमा घाँस काट्न गएकाले बेला जङ्गली हात्तीको आक्रमणबाट आज कञ्चनपुरको दोधारा चाँदनीका दुईजना

काठमाडौं : महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जाल प्रयोग गरी करोडौं ठगी गर्दै आएका विदेशी गिरोहलाई

काठमाडौं : अमेरिका, मेक्सिको र क्यानडाबीच युएस्एम्सीए नामक नयाँ व्यापार सम्झौता सम्पन्न भएको छ ।

काठमाडौ : काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा स्वर्णसहित विभिन्न पदक हासिल

वीरगन्ज : पर्साको छिपहरमाई गाउँपालिकाका वडा अध्यक्षलाई स्थानीयले निर्घात कुटपिट गरेका छन् । गाउँपालिकाको वडा

काठमाडौ : प्रेस संगठन नेपालको प्रदेश कमिटी अन्तर्गत उपत्यका कमिटी गठन भएको छ । हिजो

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिकाले बेरुजु देखिएको भन्दै विभिन्न संचारमाध्यममा आएको समाचारप्रति आपत्ति जनाएको छ

काठमाडौ : लोक सेवा आयोगले एक हजारभन्दा बढी शाखा अधिकृतका लागि विज्ञापन खोलेको छ ।