एक साता नबित्दै पर्सामा फेरी बम विस्फोट, एक जना घाइते 



वीरगञ्ज : पर्सा प्रहरीलाई चुनौती दिँदै वीरगञ्जमा दोश्रो पटक बम विस्फोट भएको छ । जिल्लाको शान्ती सुरक्षालाई चुनौती दिँदै अपराधिक गतिविधिमा संलग्न अपराधीले मंगलबार बेलुकी वीरगञ्जको घण्टाघर नजिकै मिना बजारको तरकारी बजारमा बम विस्फोट गराएको हो ।

विस्फोटमा परी बारा परवानीपुर गाउँपालिका ५ बस्ने अमरजित प्रसाद पटेल रहेका छन् । उनको दाहिने पिडुडामा चोट लागेको छ । घाइते पटेल वीरगञ्जको नारायणी अस्पतालमा उपचार पश्चात घर फर्केका छन् । 

घण्टाघर वीरगञ्जको मुटु भनिने चिनिन्छ । मानविय क्षति पु-याउने उद्देश्यले अति व्यस्त बजारमा बम विस्फोट गराएको हुन सक्ने स्थानियले आंशका गरेका छन् । यद्यपी अहिलेसम्म कुनै ठूलो मानविय क्षति भने भएको छैन । 

पर्सामा प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक सोभेन्द्र सिंह राठौर आएदेखि नै जिल्लाको शान्ति सुरक्षामा ग्रहण लागेको स्थानिय मनोज साहले बताए । उनले भने, ‘हामीले सुनेका थियो, अपराध तथा अपराधी नियन्त्रण गर्न खपिसको रुपमा रहेको एसपी राठौर तर भनेको जस्तो हुनुहुन्न उहाँ जिल्लामा आएदेखि नै विभिन्न अपराधीक गतिविधि, चोरी डकैटी, छुराहाना, तस्करी, खुलेयाम बम विस्फोट लगायतको गतिविधि हुँदा समेत नियन्त्रण गर्न सकेन ।’ 

घटना पश्चात प्रहरीले एक प्रेस विज्ञप्ती जारी गर्दै घण्टाघर चौकको दक्षिण पट्टि एक सय मिटरको दुरीमा रहेको तरकारी बजारमा केहि चिज पडकीदा एकजना व्यक्ति घाइते भएको जनाएको छ यद्यपी बम विस्फोट भएको भनि आधिकारी पुष्टी गरेका छैनन् । 

अज्ञात बस्तु पड्किदा बारा परवानीपुर गाउँपालिका ५ बस्ने अमरजित प्रसाद पटेल घाइते भएपछि उनलाई उद्दार गरी नारायणी अस्पतालमा भर्ना गरी घटना बारे थप अनुसन्धान गर्ने काम भईरहेको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताए । 

यसअघि साउन २४ गते वीरगञ्जको विर्ता बजारमा पनि बम विस्फोट भएको थियो । सो विस्फोटमा एक गर्भावती महिलासहित तीन जना घाइते भएका थिए । 

 

प्रतिक्रिया दिनुहोस्