एउटै गाउँपालिकामा तीन जना निमित्त प्रमुख : काम शून्य, जनता आक्रोशित



वीरगञ्ज : बाराको परवानीपुर गाउँपालिकाका निमित्त प्रमुख हरीओम प्रसादको मनोमानीले  कार्यालयको कामकाज अस्तव्यस्त भएको छ । निमित्त प्रमुख हरीओम कार्यालयमा दुईसातादेखि नियमित उपस्थित नहुँदा कार्यालयको दैनिक कामकाज प्रभावित भएको छ । 

यही साउन १७ गते काठमाडौंको गुर्जुधारा यातायात कार्यालयबाट सरुवा भई हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत सन्तोष श्रेष्ठ त्यसको भोली पल्ट नै काजविदा बसेका हुन् । उनले कार्यालयको निमित्त प्रमुखमा हरीओम प्रसादलाई बनाएर दुई सातादेखि बिदामा बस्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । 

कहिले घर पुजा, कहिले विशेष कामले बाहिर, कहिले फिल्ट लगायतको विभिन्न बहाना बनाई निमित्त प्रमुख कार्यालयमा उपस्थित भएका छैन ।

कार्यालयका एकजना कर्मचारीले नाम नछाप्ने सर्तमा द नेपालटपलाई भने, ‘प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले कार्यालयका सुब्बा हुँदा हुँदै पनि स्वास्थ्य शाखाका कर्मचारीलाई निमित्त बनाए देखि कार्यालयमा उपस्थित भएका छैन ।’ 

हरीओम कार्यालयमा उपस्थित नभएपछि आर्थिकदेखि लिएर प्रशासनिक कामकाज पूर्ण रुपले ठप्प भएको छ । 

गाउँपालिकामा सेवा लिन आउने सेवाग्राहीहरु रित्त फर्कन बाध्य छन् । कार्यालयमा रसिद काट्न पुगेका स्थानिय रमेश कुर्मीले कार्यालयमा कर्मचारी नदेपछि रित्त फर्के । 

उनले कार्यालयको गतिविधिबारे जानकारी गराएपछि नेपालटप कर्मी परवानीपुर गाउँपालिकामा पुग्दा निमित्त कार्यालय प्रमुखको कोठा खुलेपनि त्यहा एकजना अधिकृत समेत उपस्थित नभएको भेटिएको छ । निमित्त प्रमुख हरिओमले कार्यालयका नायब सुब्बा आशिष गिरी र छैठो तह स्तरका अधिकृत धनश्याम चौधरीलाई पनि मौखिक छुट्टा छुट्टै निमित्त प्रमुख बनाएको भेटिएको छ । तर उनीहरु अधिकार विहिन प्रमुख बनेर बसेका छन् । 

कार्यालयबाट गत आर्थिक वर्षमा भएको योजना तथा कार्यक्रमबारे लिखित नै सूचना माग गर्दा उनीहरुले आआफ्नो जिम्मेवारीबाट पन्छिदै एक अर्कामाथि अरोप लगाइ आलटाल गर्ने गरेको र आधिकारी रुपमा कुनै सूचना दिन समेत मानेन् । 

जनताले तिरेको करबाट तलब खाने तर जनतालाई सेवा दिनेबेला विभिन्न बहाना बनाएर बिदामा बस्ने परवानीपुर गाउँपालिका ५ नौतनका विरेन्द्र साहले भने, ‘जनताको करबाट रजाई गर्ने र सेवा नदिने यस्ता कार्यालय प्रमुखलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ ।’ 

कुनैपनि गाउँपालिकामा शाखा कार्यालय खोन्नको लागि सोहि गाउँपालिकाबाट व्यवसायी दर्ताको प्रमाण पत्र लिनुपर्ने सरकारले अनिवार्य गरेपछि बहुअरीका रामजी गुप्ताले विगत पन्ध्र दिनदेखि दिनहु व्यवसायी प्रमाण पत्रको लागि कार्यालय आउने गरेका छन् । तर, काम हुन सकेको छैन । 

उनले भने, व्यवसायी गर्न पनि पाप गरेको जस्तो भएको छ, कार्यालय प्रमुखहरु उपस्थित नहुदाँ १५ दिनदेखि फाईल लिएर कार्यालय धाइरहेको छु । तर, कुनै सुनवाई भएको छैन । कार्यालय प्रमुखको मनोमानीले गर्दा आम सर्वसाधारण मर्कामा परेपनि सम्बन्धी निकायको ध्यान पुगेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्