अवरुद्ध यातायात डाइभर्सन निर्माण गरी सञ्चालनमा



नवलपुर : नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यविन्दु नगरपालिका अन्तर्गत पर्ने अरुणखोला पुल भाँचिदा अवरुद्ध यातायात सञ्चालनमा आएको छ । भाँचिएको अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फबाट डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

भाँचिएको पुल मर्मत गर्न भने केही दिन लाग्ने प्रहरीले जनाएको छ । बुधबार बिहान ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुल भाँचिएर यातायात अवरुद्ध बनेको थियो । अहिले रोकिएका सवारी आ–आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्