नेकपाको बैठक फेरी सर्‍यो



काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः स्थगीत भएको छ । यसअघि मंगलबार बस्ने तय भएको बैठक आजका लागी सारिएको थियोे । शिर्ष नेताहरुबीच गृहकार्य गर्नुपर्ने भएकाले बैठक बिहिबारका लागी सारिएको बालुवाटार स्रोतले जनाएको छ ।

सचिवालय बैठक अघि आज बिहान नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्प कमल दाहाल प्रचण्ड लगाएतका नेताहरुबीच छलफल भएको थियो । छलफलमा थप गृहकार्य गर्नुपर्ने भएकाले बैठक भोलीका लागी सार्ने सहमति भएको हो ।

स्कुल विभागमा आकाक्षीको व्यवस्थापन गर्न नसक्दा सचिवालय बैठक पटक पटक प्रभावित हुँदै आएको छ ।  यसअघि साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्य्विभाजनबारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्