सुपर कप फुटबलको उपाधिका लागि लिभरपुल र चेल्सी भिड्दै



काठमाडौं : युइएफए सुपर कप फुटबलको उपाधिका लागि बुधबार (आज) इङ्लिस क्लब लिभरपुल र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार राति १२ः४५ बजे टर्कीको स्तानबुलमा हुनेछ।

दुबै टोली उपाधि जित्ने लक्ष्य सहित मैदान उत्रदैछन्। बुधबार मैदान उत्रदाँ लिभरपुल चौंथो पटक उपाधि आफ्नो पक्षमा ल्याउने दाउमा छ। चेल्सी पनि लिभरपुललाई रोक्दै पहिलो पटक उपाधि जित्ने योजनामा छ।

प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा नर्विचलाई पराजित गर्दै सुखद सुरूवात गरेको लिभरपुल उच्च मनोबलका साथ मैदान उत्रदै गर्दा पहिलो रोजाइका गोलरक्षक एलिसन बेकर भने मैदान बाहिरै हुनेछन्। बेकरको अनुपस्थितिमा लिभरपुललाई केही असहज हुनेछ।

प्रिमियर लिगको पहिलो खेलमा चोट बोकेका एलिसनकेही समय मैदान बाहिर रहनेछन्। प्रिमियर लिगमा खराब सुरुवात गरेको चेल्सी उपाधि जितेर इतिहास जित्ने दाउमा छ। तर, चेल्सीलाई मुख्य खेलाडी नहुँदा समस्या हुनेछ। मिडफिल्डर एनगोलो कान्टे चोटका कारण उपलब्ध हुने छैनन।

चेल्सी प्रिमियर लिगको उद्घाटन खेलमा म्यानचेष्टर युनाइटेडसँग ४–० ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्