images

‘२० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य’

द नेपालटप | प्रकाशित: २०७६-४-२९ गते
‘२० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य’

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन्। 

नवनियुक्तमन्त्री भट्टराईलाई बुधबार मन्त्रालयमा बधाई दिन पुुगेको नेपाल व्यापार संघको टोलीसँग कुराकानी गर्दै उनले मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको यस क्षेत्रको विकासमा मन्त्रालय लागिरहेको बताएका हुन्।

‘सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम गरिरहेको छ’, मन्त्री भट्टराईले भने, ‘पर्यटन क्षेत्रमार्फत मुलुुकको विकासका लागि सरकारले गम्भीर भएर काम गरिरहेको छ।’ 

संघका अध्यक्ष कुमार कार्कीले तातोपानी र केरुङ नाकामा व्यापारीले भोग्नुुपरेको समस्याबारे मन्त्री भट्टराईको ध्यानाकर्षण गराउनुका साथै उनको सफल कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका थिए।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

निकिताको जाहेरी प्रहरीले लिएन 

निकिताको जाहेरी प्रहरीले लिएन 

काठमाडौं :  रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गर्न अस्वी..

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। आजै काठमाडौं ओर्ल..

रवि लामिछानेकी पत्नी निकिताले दिइन् किशोर श्रेष्ठ सहित तीन जनाविरूद्ध जाहेरी

रवि लामिछानेकी पत्नी निकिताले दिइन् किशोर श्रेष्ठ सहित तीन जनाविरूद्ध जाहेरी

काठमाडौँ : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी  पत..

सांसद यादवको प्रश्न : आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ ?

सांसद यादवको प्रश्न : आरोप लगाएकै भरमा कसैलाई थुन्न पाइन्छ ?

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको सत्यतथ्य बाहिर ल्याउन सांसदले माग गरेका छन् । राष्ट्रियसभाको..

बाफलकाे एक संस्थामा अवैधानिक रुपमा राखिएका ९ बालबालिकाको उद्दार

बाफलकाे एक संस्थामा अवैधानिक रुपमा राखिएका ९ बालबालिकाको उद्दार

काठमाडौं : काठमाडौंको बाफलमा अवैधानिक रुपमा राखिएका ९ बालबालिकाको उद्दार गरिएको छ । बाफलस्थित नमुना प्रगतिश..

भारतीय विदेशमन्त्री काठमाडौंमा  

भारतीय विदेशमन्त्री काठमाडौंमा  

काठमाडौं : नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री सुब्रमन्यम् जयशंकर नेपाल आइपु..