images

पेरिसिच बार्यन म्युनिखमा अनुबन्धित

द नेपालटप | प्रकाशित: २०७६-४-२९ गते
पेरिसिच बार्यन म्युनिखमा अनुबन्धित

काठमाडौं : क्रोएसियाका फरवार्ड इभान पेरिसिचलाई बायर्न म्युनिखले लोनमा अनुबन्धन गरेको छ। इटालियन क्लब इन्टर मिलानबाट खेलिरहेका इभानलाई जर्मन क्लब बार्यनले लोनमा भित्र्याएको हो।

सन् २०१८ को विश्वकपको उपविजेता क्रोएसियाका खेलाडी पेरिसिचसँग जर्मन लिगको अनुभव छ। यसअघि बोरुसिया डर्टमुन्ड र भिएफएल वलफ्सबर्गबाट उनले जर्मन लिग खेलिसकेका छन्। इटालीबाट पून जर्मन फर्किएका उनलाई आउदो सिजन बार्यनले खरिद गर्ने बताइएको छ।

बायर्नका खेलकुद निर्देशक हसन सलिहमिदिजले पेरिसिच आगमनले क्लबलाई फाइदा पुग्ने बताए। ‘इभान सिधै हाम्रो टोलीबाट खेल्ने खेलाडी हुन्। उनले भने, ‘इभानसँग जर्मन लिगको अनुभव छ।’ हसनले इभानको खेल्ने शैलीको तारिफल गरेका छन्।

बायर्नले यसअघि म्यानचेस्टर सिटीका मिडफिल्डर लेरोय सानेलाई भित्र्याउने तयारी गरेको थियो। तर, २३ वर्षीय साने कम्युनिटी सिल्ड खेलका क्रममा घाइते भएपछि उनको स्थानमा इभानलाई ल्याएको हो।

द नेपालटप

द नेपालटप

images
images
images
सम्बन्धित समाचार

पाथीभरा गोल्डकप : बेलबारीलाई हराउँदै डाँगीहाट सेमिफाइनलमा 

पाथीभरा गोल्डकप : बेलबारीलाई हराउँदै डाँगीहाट सेमिफाइनलमा 

ताप्लेजुङ : डाँगीहाट फुटबल क्लब मोरङ ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबा..

डिबालाको गोलमा युभेन्टस विजयी

डिबालाको गोलमा युभेन्टस विजयी

काठमाडौं : इटालियन क्लब युभेन्टसले प्रि–सिजनअन्तर्गतको अन्तिम खेलमा कठिन जित निकालेको छ। शनिबार राति भएक..

जिससको गोलले मान्यता नपाउँदा सिटी बराबरीमा रोकियो

जिससको गोलले मान्यता नपाउँदा सिटी बराबरीमा रोकियो

काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेष्टर सिटी बराबरीमा रोकिएको छ। घरेलु मैदानमा शनिबार राति..

लगातार दोस्रो जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा

लगातार दोस्रो जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा

काठमाडौं : लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ। शनिबार राति भएको खेलमा साउथह्..

ला लिगा : १० खेलाडीमा समेटिएको रियलको सुखद सुरुवात

ला लिगा : १० खेलाडीमा समेटिएको रियलको सुखद सुरुवात

काठमाडौं : रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ। शनिबार राति भएको सिजनको पहिलो खेलमा से..

बर्नलेमाथि आर्सनलको संघर्षपूर्ण जित

बर्नलेमाथि आर्सनलको संघर्षपूर्ण जित

काठमाडौं : इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित हात पारेको छ। शनिबार साँझ घरेलु मैदान इमिरेट..