यी मानिस दिनदिनै उडेर कार्यालय जान्छन्



एजेन्सी : अफिस टाइममा ट्राफिक जाममा फसिँदा उडेर जान पाए हुन्थ्यो भन्ने आशा धेरै मानिसले राख्ने गर्छन्। बेलायतका एक प्यारामोटर ग्लाइडरले यसलाई सत्य साबित गरेका छन्। मैदानको बीचमा उभिएका टम प्राइडो–ब्रुनले पिठ्युँमा ठूलो जालीदार घेरा र प्यारामोटर ग्लाइडरले जोडिएका पट्टी बाँधेका छन्। 

उनी काँधमाथिबाट डोरो तानेर पछि बाँधिएको मोटर चलाउँछन्। मोटर अन हुनेबित्तिकै पिठ्युँमा बाँधिएको ठूलो पंखा घुम्न थाल्छ। प्राइडो–ब्रुन मैदानमा दौडन शुरू गर्छन् अनि १० देखि १२ कदम दौडिनेबित्तिकै हावामा उड्न थाल्छन्। 

उनको प्यारामोटर ग्लाइडर त्यतिखेरसम्म काम गर्न थाल्छ। त्यसले उनको शरीरको बोझ उठाइदिन्छ। टमको कार्यालय दक्षिणपश्चिमी बेलायतको विल्टशायरमा छ। मौसम सफा हुँदा उनी यसरी नै सधैं कार्यालय जान्छन्। 

उनी भन्छन्, ‘पाइलटका रूपमा हरेक बिहान म झ्यालका पर्दा हटाएर बाहिरको मौसम हेर्छु। बिहान सफा भयो भने मेरो गाडी चलाउन आनन्द आउँछ।’ टम शहरमा बाइक चलाउँछन् वा पैदलै टहल्न मन पराउँछन्। तर उड्दा उनलाई बढी रोमाञ्चकारी र प्रेरणादायक अनुभव हुन्छ। 

घरबाट कार्यालय जानका लागि उनी शेरबोर्नदेखि डोर्सेटसम्म ३० किलोमिटर उड्छन्। पंखामा जोडिएको इन्जिनतर्फ देखाउँदै उनी भन्छन्, ‘ठूलो इन्जिन आवश्यक हुन्छ र त्यसमा चारदेखि पाँच लिटर इन्धन लाग्छ।’

उनी लगभग ५० किलोमिटर प्रतिघन्टाको गतिमा उड्छन्। तर केही प्यारामोटर ग्लाइडर यसभन्दा पनि बढी गतिमा उड्न सक्छन्। गाउँमाथि हुँदै उड्दा उनले सुन्दर दृश्य समेत हेर्न पाउँछन्।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले विजयी सुरुवात गरेको छ

सिरहा : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालय भवनमा गएराती बम विष्फोट भएको छ । गाउँपालिका

जनकपुर : प्रहरी निरीक्षक सहित तीनजनाको ज्यान जानेगरी शुक्रबार मध्यराती भएको शक्तिशाली बम बिस्फोटनमा संलग्न

काठमाडौं : पोखरामा भोली (आइतबार) देखि शुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२०

काठमाडौ : गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई

काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय वैठक स्थागित भएको छ

डोटी : शुक्रबारदेखि परेको भारी हिमपातका कारण सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क अवरुद्ध भएको

काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) को अध्यक्षतामा आज शनिवार पार्टी सचिवालयको

कावासोती : सुर्खेतबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको टोली चढेको ना.६ ख ४०४ नम्बरको बस

धनुषा : धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोट हुदा ३ जनाको मृत्यु गएको छ ।

काठमाडौं : नाइट क्लवमा भेटिएका चार जना खेलाडीले मंसिर २८ बाट सुरु हुने शहीद स्मारक

काठमाडौं : राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता