पाकिस्तानी विमान खसाल्ने भारतीय कमाण्डरलाई वीर चक्र



काठमाडौं : भारतीय वायुसेनाका विंग कमाण्डर अभिनन्दन वर्धमानलाई भारत सरकारले वीर चक्रबाट सम्मानित गर्ने भएको छ । 

भारतीय सीमामा पसेको पाकिस्तानको एफ-16 (F-16) लडाकु विमानलाई खसाल्ने अभिनन्दलाई भारत सरकारले भोलि (बिहीबार) स्वतन्त्र दिवस (अगस्त १५) दिन शीर्ष सैन्यबाट सम्मान गर्ने भएको हो ।  

साथै भारत सरकारले बालाकोटमा आतंककारी संगठलाई सखाप (नेस्तानाबुत) गर्ने भारतीय वायुसेनाको स्क्वाड्रन लीड मिन्टी अग्रवाललाई युद्ध सेवा मेडल दिइदै छ । 

गत १४ फरवरीको जम्मू–कश्मीरको पुलवामा सीआरपीएफको काफिलमा आतंककारी हमला गरिएको थियो । यस आक्रमणबाट ४० सैनिक शहिद भएका थिए । साथै आक्रमणको १३ दिनपछि भारतीय वायुसेनाले पाकिस्तनको बालकोटमा आतंकारी क्याम्पलाई निशाना बनाएको थियो । 

Jammu, Kashmir, Jammu Kashmir, Pakistan, Abhinandan Varthaman, Indian Air Force, F-16 Fighter Aircraft, MiG-21

यस आक्रमणबाट उग्र भएको पाकिस्तानले त्यसको दोस्रो दिन भारतीय सीमामा पस्ने कोशिस गरेको थियो । तर, भारतीय वायुसेनाको विंग कमाण्डर अभिनन्दनले मिग–21 (MiG-21) बाइसनले पाकिस्तानके एफ–१६ लडाकु विमानलाई डगफाइटमा नियन्त्रण रेखा निस खसाएको थियो । 

प्रतिक्रिया दिनुहोस्