बिहीबार प्रदेश–१ मा सार्बजनिक बिदा



काठमाडौं : रक्षा बन्धन तथा जनै पूर्णियाको अवसरमा प्रदेश–१ सरकारले सार्बजनिक विदा दिएको छ।

संघिय सरकारले जनै पूर्णियाको बिदा कटौती गरेपछि प्रदेश–१ सरकारले छुट्टै विदा दिएको हो।

हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्वकालागि प्रदेश–१ सरकारले विदा दिने निर्णय यस अघि नै गरेको थियो।

प्रदेश–१ सरकारको राजपत्रमा प्रकाशित गरी साउन ३० गते बिदा दिएको हो।

केन्द्र सरकारले कटौती गरेपछि प्रदेश सरकारले आदिवासी जनजाति दिवस, हिन्दूको चाड जनैपूर्णिमा र छठ पर्व गरी तीनवटा सार्बजनिक विदा थप गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्