पथरी शनिश्चरेमा आगलागी, ११ लाखको क्षती



काठमाडौं : मोरङको पथरीशनिश्चरे नगरपालिका–२ लिच्ची डाडास्थित एक होटलमा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ। बुधबार बिहान भएको आगलागीबाट ११ लाख बराबरको क्षति भएको हो।

बिहान साढे ६ बजे सुकमाया राईको टिनको छानो बासको टाटी बेराले बनेको एकतले होटलमा बिद्युतको तार सर्ट भई अचानक आगलागी हुँदा होटल भित्र रहेको किराना सामान, फ्रिज, भाडावर्तन, फर्निचर र नगद ५ हजार रुपैयाँ समेत जलेर नष्ट हुँदा उक्त रकम बराबरको क्षती भएको हो।

आगो ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली र स्थानीय र दम्कलको सहयोगमा साढे ७ बजे नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया दिनुहोस्