घरमा विमानका टुक्रा खसेपछि हंगामा



एजेन्सी : इटलीको राजधानी रोममा अनेकौं घरमा विमानका टुक्रा खसेका छन्। एक अन्तर्राष्ट्रिय विमानमा खराबी आएपछि यसो भएको हो। नर्वेजियन एयरलाइन्सका एक प्रवक्ताले युरोन्युजसँग विमान खराब भएको पुष्टि गरेका छन्।

घटनाको अनुसन्धान भइरहेको छ। रोमबाट अमेरिकाको लस एन्जिलिस जाँदै गरेको विमानमा प्राविधिक गडबडी आएपछि बीचैबाट फर्किनुपरेको थियो। विमानबाट चोइटिएर खसेका टुक्राका कारण २५ कार र १२ घर क्षतिग्रस्त भए।

५४ वर्षीय एक व्यक्तिले आफूमाथि एक टुक्रा खसेको तर चोट नलागेको बताए। मिडिया रिपोर्टमा चारदेखि आठ इन्चका टुक्रा सडकमा छरिएको अवस्थामा भेटेको बताइएको छ। मानिसहरूले यसमा तत्काल कारवाही गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्