यहाँ अनौठो कारणले गर्दा भेला हुन्छन् ७० हजार सर्प



एजेन्सी : क्यानडाको मानिटोबामा प्रत्येक वर्ष लगभग ७० हजार सर्पहरू भेला हुने गरेका छन्। सर्पहरू यसरी भेला हुनुमा अनौठो कारण छ। खासमा भाले र पोथी सर्प प्रजननका लागि भेला हुने गरेका हुन्। 

सर्प मेलामा गार्टर साँप बढी देखिन्छन्। यो अद्भुत दृश्य हेर्नका लागि निकै ठूलो संख्यामा मानिसहरू भेला हुन्छन्। नारसिस स्नेक डेन्स नामले प्रसिद्ध यो स्थान अद्भुत छ। गर्मी महिनामा यहाँ भारी मात्रामा सर्पका बच्चा भेटिन्छन्।

यस विशेष घटनालाई क्यानडाको वन्यजन्तु व्यवस्थापक संस्थाले रेखदेख गर्छ। एकै प्रजातिका सर्पहरू यसै ठाउँमा किन भेला हुन्छन् त ? विशेषज्ञहरूका अनुसार, यो ठाउँ सर्पहरूलाई खाना खान र बस्नका लागि अनुकूल छ। तर यस प्रक्रियामा कैयौं सर्पको मृत्यु पनि हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्