प्रदेश २ का भौतिक मन्त्री सोनल अस्पताल भर्ना 



वीरगञ्ज : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि मन्त्री सोनल वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएका छन् ।

ढाडदेखि घुडासम्म नशामा समस्या देखिएपछि मन्त्री सोनल बुधबार बिहान नारायणी अस्पतालको आइसियू कक्षमा भर्ना गराएका उनका स्वकीय सचिव सन्तोष यादवले जानकारी दिए ।

उनको उपचारमा संलग्न हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. दिलिप चौरसियाले मन्त्री सोनलको ढाडमा नसा समस्या देखिएपछि स्वास्थ्यमा समस्या आएको बताए । अहिले उनका स्वास्थ्यमा केही सुधार भएको छ । यद्यपी उनलाई एक हप्ता आरामा गर्न चिकित्सकले सल्ला दिएका छन् । 

उनले एक हप्तापछि पुन मन्त्री सोनलको एमआरआइ गरेरपछि मात्र रोगको जडो पत्ता लगाउन सकिन्छ । मन्त्री सोनलको स्वास्थ्य सुधारको कामना उनका शुभचिन्तक तथा पार्टीका नेता कार्यकर्ताले गरेका छन् । 

मंगलबार मन्त्री सोनल जनकपुरबाट मुस्लिम समुदायहरुको कुर्वानी पर्वमा सहभागी हुन वीरगञ्ज आएका थिए । वीरगञ्ज आएलगत्तै मन्त्री सोनल आफ्ना शुभचिन्तकका घरघरमा पुगेर कुर्वानी पर्वमा सहभागी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्