बाढीमा डुब्नबाट जोगिन मुसाले च्याप्प समात्यो टेबलको खुट्टा (भिडियो)



एजेन्सी : चीनमा गत साता आएको आँधीले ल्याएको बाढीमा नडुब्नका लागि एउटा मुसो टेबलको खुट्टामा झुण्डिएको छ। पानी निकै माथि आएपछि मुसाले चारैवटा खुट्टाले टेबलको खुट्टामा च्याप्प समातेको थियो।

भिडियोमा देखिन्छ– बाढीको पानीभन्दा माथि मुसोले टाउको पार्दा कोठामा भएका युवती हाँस्छन्। भिडियोमा एक युवती गोडा च्यापेर टेबलमाथि बसेर बाढीको पानी बगेर जाने प्रतीक्षा गरेको देखिन्छ।

मुसो टेबलको खुट्टोबाट माथि चढ्दै जाँदा युवतीहरू झनै चिच्याउँछन्। चीनका झेजियाङ, शान्दोङ र आन्हुई प्रान्तहरूमा लेकिमा आँधीले बाढी ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्