भोको सर्पले आफ्नै पुच्छर खायो (भिडियो)



एजेन्सी : एउटा सर्पले अर्कोलाई खाएको त देखेसुनेकै हो। तर अमेरिकाको पेन्सिल्भानियामा एउटा भोको सर्पले आफ्नै पुच्छर निलेको छ। घटनाको भिडियो पनि बनेको छ र त्यसमा सर्पले पुच्छर निल्न खोजेको देखिन्छ। 

फरगटन फ्रेन्ड रेप्टाइल स्यांकचुअरीका जेसी रोथेकरले फेसबूकमा भिडियो शेयर गरेका हुन्। सर्पले आफ्नो शरीरको अधिकांश भाग निलेको देखिन्छ। सर्प आत्तिँदा खान छोड्ने रोथेकरले बताए।

सर्प भोकाएमा अर्को सर्पलाई वा आफैंलाई खाने उनले बताए। रोथेकरका अनुसार, सर्पले आफ्नो पुच्छरलाई अर्को सर्प भन्ठानेर खाइदिन्छ। पछि बल्ल उसले आफैंलाई खाइरहेको थाहा पाउँछ। अनि पूरा खान पनि सक्दैन। 

प्रतिक्रिया दिनुहोस्