मरेपछि गाडिएका एक मानिसलाई झिकेर लुगा खोलेर फेरि गाडियो



एजेन्सी : केन्याको पश्चिमी भागमा अधिकारीहरूले एकजना स्थानीयको शरीर उत्खनन गरेर उनले लगाएको लुगा खोलेर फेरि गाडेका छन्। मार्टिन शिकुकु अलुकोयेको यसै महिना पानीमा डुबेर मृत्यु भएको थियो र उनले मर्नेबेलामा काकामेगा काउन्टी युथ सर्भिसको युनिफर्म लगाएका थिए। 

स्थानीय अधिकारीहरूले युनिफर्म झिक्नका लागि शरीर उत्खनन गरेका थिए। उनको परिवारले यसमा आपत्ति उठाएको थियो। अधिकारीहरूले कानून र पूर्खाले बनाएको नियम उल्लंघन गरेको अलुकोयेका काकाले बताए। 

‘हामीले अन्तिम संस्कारमा काउन्टी सरकारलाई पूर्ण रूपमा संलग्न गराएका थियौं र उनलाई युनिफर्ममै गाड्ने हाम्रो प्रस्तावलाई उनीहरूले प्रतिकार गरेका थिएनन्,’ फ्रान्सिस मुताम्बाले भने। 

अलुकोयेको युनिफर्म निकाल्ने अधिकारीहरूको अनुरोधलाई आफूले नमानेको तर अधिकारीहरूले सम्मति वा अदालतको आदेशविना नै त्यसो गरेको परिवारले बतायो। 

इटुटी क्षेत्रका असिस्टेन्ट चीफ डेनियल नामायीले उत्खनन कार्यको भर्त्सना गरे र त्यसो गर्ने अधिकारीहरूका विरुद्ध कानूनी कारवाहीको धम्की दिए। अबाङओन्या कबिलाका वृद्धहरूले पनि शव उत्खनन गर्ने अधिकारीहरूको कदमको आलोचना गरेका छन्। उनीहरूका लागि यो वर्जित विषय हो।

प्रतिक्रिया दिनुहोस्