पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको सनसनीपूर्ण भिडियो सार्वजनिक



काठमाडौं : टेलिभिजन पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो सार्वजनिक भएको छ। यो भिडियो सार्वजनिक भएसँगै पुडासैनीको आत्महत्या प्रकरण गम्भीर मोडमा पुगेको छ।

उक्त भिडियोमा आफूलाई आत्महत्याका लागि न्युज ट्वान्टीफोका युवराज कँडेल, रवि लामिछाने र एक युवतीले बाध्य बनाएको खुलाइएको छ। पुडासैनीले आत्महत्या गर्नुअघि खिचिएको भिडियो चितवन प्रहरीले सार्वजनिक गर्न अस्वीकार गरेका बेला उनकै परिवारले एक सञ्चारमाध्यममार्फत् सार्वजनिक गरिदिएका हुन्।  

पुडासैनीले रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन्।

उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन्। भिडियोमा उनले आफ्ना आमाबुवा र श्रीमतीलाई अन्तिम सन्देश दिँदै माफी समेत मागेका छन्।

भिडियो : नेपाल आजबाट साभार

प्रतिक्रिया दिनुहोस्