‘सोच’ को ट्रेलर रिलिज



काठमाडौं : लभस्टोरी तथा एक्सन जानरामा निर्माण भएको फिल्म ‘सोच’ को ट्रेलर सार्वजनिक गरिएको छ। भदौ २० गतेबाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर बुधबार सार्वजनिक गरियो।

शीर्ष कलाकार प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्वन्द्व देखाइएको ट्रेलरमा देख्न सकिन्छ। फिल्म टिमले यसअघि टिजर र गीत सार्वजनिक गरिसकेको छ।

पुजन सिंहको कथा तथा निर्देशन रहेको यो फिल्मलाई गंगा रजक र एसडीले लेखेका हुन्। यस्तै फिल्ममा फिल्ममा विदुर पाण्डेको छायांकन रहेको छ। कृष्ण आचार्यको पटकथा तथा संवाद रहेको यो फिल्ममा एनबी महर्जनको द्वन्द्व र प्रितम पाण्डेको सम्पादन छ।

फिल्ममा उत्तम केसी, विशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्